दमाैली ,छाब्दी , साेतिपसल , थर्पु लगायतका ठाउँमा आज ४ घण्टा बत्ती जाने
नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले बिहीबार बिहान चार घण्टा विद्युत अवरुद्ध हुने जनाएको छ । पोखरा ग्रिड महाशाखाबाट दमौली सवस्टेशनको स्विच यार्डमा जम्पर, बसबार, आइसोलेटर, रिले, ब्रेकरहरुको मर्मत गरिने भएकाले पाँच वटा फिडर बन्द रहने प्राधिकरणले जनाएको छ ।

बिहान ७ बजेदेखि ११ बजेसम्म दमौली , थर्पु, सोतिपसल, छाब्दी, तनहुँसुर, र तनहु हाईड्रो ३३ के भि फिडरहरू बन्द गरिने र उक्त फिडरवाट विद्युत आपुर्ति हुने स्थानमा आवश्यकता अनुसार विद्युत सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।

























