बेलायतमा भएको नेपाल डे मा तनहुँ सम्जुरकाे सात सय वर्ष पुरानो मस्जिदकाे प्रदर्शनी

बेलायतमा भएको नेपाल डे मा तनहुँ सम्जुरकाे सात सय वर्ष पुरानो मस्जिदकाे प्रदर्शनी



बेलायतको म्यानचेस्टरमा रहेका नेपाली समुदायले म्यानचेस्टर विश्वविद्यालयको प्रदर्शनी हलमा नेपाल डे कार्यक्रम सनिवार भब्य रूपले मनाएका छन् । नेपाली ऐतिहासिक धरोहरहरूको प्रदर्शनीमा दमौली बाट हाल सपरिवार म्यानचेस्टरमा बसोबास गर्नु हुने नुर मोहम्मद मियाको सक्रियतामा तनहूँ जिल्लाको ७ सय वर्षको इतिहास बोकेको सम्जुर माझगाउँमा अवस्थित ऐतिहासिक दर्गाह मस्जिद पनि गौरवसाथ प्रदर्शित गरिएको छ । 
प्रदेशको भुमिमा गर्ब गर्न सकिने हाम्रो नेपाल र हाम्रो नेपाली कला संस्कृतिको बिशेष दिन २७ सेप्टेम्बर शनिबार सम्जुर मस्जिदकाे प्रदर्शनी गरिएको म्यानचेस्टर बस्ने युवा अभियान्ता नुर माेहम्मदले बताए । नेपाली कला संस्कृति अनुसारका पोशाकमा उपस्थित भएका अधिकांश नेपालीले नेपाल डे कार्यक्रम भब्य रूपमा मनाएको मियाले जानकारी दिए ।

शनिबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म
म्यानचेस्टर संग्रहालय, म्यानचेस्टर विश्वविद्यालय अक्सफोर्ड रोडमा उक्त कार्यक्रम भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page