बेलायतमा भएको नेपाल डे मा तनहुँ सम्जुरकाे सात सय वर्ष पुरानो मस्जिदकाे प्रदर्शनी

बेलायतको म्यानचेस्टरमा रहेका नेपाली समुदायले म्यानचेस्टर विश्वविद्यालयको प्रदर्शनी हलमा नेपाल डे कार्यक्रम सनिवार भब्य रूपले मनाएका छन् । नेपाली ऐतिहासिक धरोहरहरूको प्रदर्शनीमा दमौली बाट हाल सपरिवार म्यानचेस्टरमा बसोबास गर्नु हुने नुर मोहम्मद मियाको सक्रियतामा तनहूँ जिल्लाको ७ सय वर्षको इतिहास बोकेको सम्जुर माझगाउँमा अवस्थित ऐतिहासिक दर्गाह मस्जिद पनि गौरवसाथ प्रदर्शित गरिएकोछ ।
प्रदेशको भुमिमा गर्ब गर्न सकिने हाम्रो नेपाल र हाम्रो नेपाली कला संस्कृतिको बिशेष दिन २७ सेप्टेम्बर शनिबार सम्जुर मस्जिदकाे प्रदर्शनी गरिएको म्यानचेस्टर बस्ने युवा अभियान्ता नुर माेहम्मदले बताए । नेपाली कला संस्कृति अनुसारका पोशाकमा उपस्थित भएका अधिकांश नेपालीले नेपाल डे कार्यक्रम भब्य रूपमा मनाएको मियाले जानकारी दिए ।

शनिबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म
म्यानचेस्टर संग्रहालय, म्यानचेस्टर विश्वविद्यालय अक्सफोर्ड रोडमा उक्त कार्यक्रम भएको थियो ।

























