तनहुँ युनेस्को क्लव गठन , अध्यक्षमा भण्डारी

तनहुँ युनेस्को क्लव गठन , अध्यक्षमा भण्डारी


तनहुँ युनेस्को क्लव गठन सँगै दर्ता भएको छ । संस्था दर्ता ऐन २०३४ काे दफा ४ बमोजिम २०८२ असाेज १२ गते जिल्ला प्रशासन कार्यालय तनहुँमा संस्था दर्ता भएको हाे ।
दर्ता भएको युनेस्को क्लव तनहुँकाे अध्यक्षमा सराेज भण्डारी चयन भएका छन् । यस्तै संस्थाको उपाध्यक्षमा बिकास खनाल , सचिवमा वसन्त घर्ती , काेशाध्यक्षमा सुनिता चन्द र सहसचिवमा याेगिता कायस्थ श्रेष्ठ चयन भएका छन् ।


यस्तै समितिकाे सदस्यहरूमा श्रीभद्र कंडेल , सफल पण्डित , बिवेक सापकोटा र ज्ञानु पन्थ चयन भएका छन् । सामाजिक क्षेत्रमा काम गर्ने उद्धेश्यका साथ संस्था खाेलिएकाे बताइएको छ । संस्थाले जिल्ला भित्रका सबै स्थानीय तहमा नगरकमिटी गठन गर्ने र सशक्त रूपमा अगाडि बढ्ने समेत लक्ष्य लिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page