रक्सी खाँदा विवाद हुँदा राइनासमा सागरले ढुंगाले हानेर गरे दाहालको हत्या

रक्सी खाँदा विवाद हुँदा राइनासमा सागरले ढुंगाले हानेर गरे दाहालको हत्या

लमजुङ जिल्ला राइनास न.पा.०४ सातबिसे स्थितमा एक व्यक्तिको ढुंगाले हानेर हत्या गरिएको छ । निर्माण भईरहेको राइनास नगर अस्पतालमा रेखदेखको रुपमा काम गर्ने अं. वर्ष २२ को विशाल दाहाल सुत्ने कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । घटना शंकास्पद देखिएपछि
तत्काल प्रहरी चौकि तिनपिप्लेबाट प्रहरी निरीक्षक राजाराम खतिवडाको कमाण्डमा अनुसन्धान टोली खटीई गई प्रारम्भिक अनुसन्धान गर्दा जिल्ला सिन्धुली कमलामाई न.पा.१० घर भई त्यहा सुरक्षा गार्डका रुपमा काम गर्ने निज विशाल दाहाल टाउकोमा पछाडि चोट देखिएको घोप्टो अवस्थामा रहेको, नजिक रगत लतपतिएको ढुंगा समेत रहेको, उक्त कोठाको ढोका बन्द र झ्याल खुला अबस्थामा रहेको भेटिएको थियो । घटनास्थलमा पुगेको प्रहरीले तत्काल आफन्तलाई खवर गरि घटनास्थल सुरक्षित राखी तालुक गण्डकी प्रदेश प्रहरी कार्यालय मार्फत राति नै घटनास्थलमा तालिमप्राप्त कुकुर मगाईएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक रेशम बोहरासहितको SOCO टोलि खटिगई घटना सम्वन्धमा वास्तविकता बुझ्दै जादा मृतक केही समयदेखी सोहि नगरपालिका वडा नं.०३ बस्ने बर्ष अं.३० को सागर परियारसंग हिडडुल गर्ने र मादक पदार्थ समेत सेवन गर्ने गरेको र ११ गते बेलुकि समेत साथमा रहेको खुल्न आएको थियो ।
निजको खोजतलास गर्दैजादा बाबुआमा बेसिशहर बस्ने गरेको र निज सदरमुकाम स्थित बेसिशहर वजारमा साथिकोमा आएको सुचनाका आधारमा खटिएको प्रहरी टोलिले आज बिहान ४ बजेको समयमा नियन्त्रणमा लिई सोधपुछ गर्दा घटनाको दिन बेलुकि छिमेकिको पसलमा रक्सि सेवन गरि साथमा रक्सि र मासु लिएर मृतक बस्ने स्थानमा आई राति अवेरसम्म दुवैजना बसि खादैगर्दा आपसमा विवाद भई सोही नजिक रहेको ढूंगाले प्रहार गर्दा निजको मृत्यू भएको भनी स्विकार गरेको लमजुङ प्रहरीले बताएको छ ।
घटनास्थलमा आफन्त, जनप्रतिनिधि र स्थानियहरु समेतको रोहवरमा ढोका फोडी भित्र हेर्दा मृतकको टाउकोको पछाडीको भागमा चोट रहेको ,
हाल मुचुल्का लगायत प्रारम्भिक अनुसन्धान पश्चात् शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल लमजुङ ल्याई प्रतिबादि सागर परियार यस कार्यालयको नियन्त्रणमा रहेको, थप अनुसन्धान कार्य भई रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page