पृथ्वीराजमार्गको बेलभञ्याङमा माेटरसाइकल दुर्घटना हुँदा नाहालाका घर्ती घाइते
तनहुँकाे बन्दिपुर गा.पा.१ बेलभञ्याङ स्थित पृथ्वीराजमार्गमा छिरकन बाट नाला तर्फ आउदै गरेको ग.२० प ४१७३ न को मोटरसाइकल दुर्घटना भएको छ ।

सनिवार राति भएको दुर्घटनामा चाकलले नियन्त्रण गुमाई सडकमा पल्टीदा मो.सा.चालक बन्दिपुर गा.पा.१ नाहाला बस्ने वर्ष २० को शिव घर्ती घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते घर्तीलाइ उपचारको लागी लक्ष्मी अस्पताल डुम्रे लगेको र बायाँ खुट्टा,मुखमा चोट अबस्था मध्यम रहेको तनहुँका डिएसपी श्रवण कुमार विकले बताए ।

























