पाण्डे चस्मा घरमा निशुल्क आँखा जाँच हुने
व्यास २ दमाैलीमा रहेको पाण्डे चस्मा घरमा निशुल्क आखा जाँच हुने भएको छ । चस्मा घर सञ्चालनमा आएकाे लामो समयपछि बिशेषज्ञ डाक्टरको समेत सेवा सुविधा थप्ने अवसरमा कात्तिककाे दाेस्राे सनिवार एकदिन निशुल्क आँखा जाँच हुने सञ्चालक कपिल पाण्डेले बताए । उक्त दिन गण्डकी अस्पताल पाेखरा तथा दृष्टि आँखा उपचार केन्द्रमा कार्यरत डाक्टर शिल्पा खनाल आउने पाण्डेले जानकारी दिए ।

दमाैलीमा छुट्टै पहिचान बनाउन सफल एवम् ग्राहकको मन जितेको पाण्डे चस्मा घरमा विगत ७ वर्षदेखि दमाैली अस्पतालमा कार्यरत अनुभवी प्राविधिक लक्ष्मी चाैधरीबाट हरेक दिन बिहान ९.३० बजेसम्म र साँझ ५.१५ बजेपछि आखा जाँच हुने गर्दछ । यस्तै दिउँसोको समयमा हिमालयन आखा अस्पतालमा अध्यन गरेकी प्राविधिक चन्दा पाण्डेय द्वारा दैनिक आँखा परिक्षण गर्ने सञ्चालक पाण्डेले बताए । उनका अनुसार अब हरेक महिनाको दाेस्राे सनिवार पाेखराका डाक्टरले सेवा दिने भएका छन् ।

























