ऋषिङ्गे राजा !
ऋषिङ्ग गाउँपालिका तनहुँका ६ वटा गाउँपालिकाहरू मध्येकाे बिकासाेन्मुख एक महत्त्वपूर्ण गाउँपालिका हो। २०७३ साल फागुन २७ गते साविकका कोटदरबार, भिरकोट, ऋषिङ रानीपोखरी , काहूँशिवपुर, राम्जाकोट र बैदी गाविसहरू यसमा गाभेर ऋषिङ्ग गाउँपालिका घोषणा भएको हाे ।
राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गाउँपालिकाको कुल जनसङ्ख्या १७,९१८ रहेको छ भने यहाँ ४,६६९ घरधुरी रहेका छन्। ८ वटा वडाहरू रहेकाे ऋषिङको कुल क्षेत्रफल २१५ वर्ग किमी छ। यो गाउँपालिकाको पूर्वमा देवघाट गाउँपालिका र व्यास नगरपालिका पर्दछन् भने पश्चिममा घिरिङ गाउँपालिका र भिमाद नगरपालिका छ। यसको उत्तरी भागमा व्यास नगरपालिका र म्याग्दे गाउँपालिका छ भने दक्षिणी क्षेत्रमा नवलपरासी जिल्ला पर्दछ।

ऋषिङ्ग गाउँपालिका सुरुदेखि नैँ काङ्ग्रेसको गढ मानिन्छ र यहाँ लगातार दुइपटक काङ्ग्रेसकै उम्मेदवार राजेन्द्रकृष्ण श्रेष्ठ अध्यक्षमा र गिनुमाया थापाले उपाध्यक्षमा जितेका छन् । अध्यक्ष श्रेष्ठले दुईपटक गरेर अहिले करिब साँढे ८ वर्ष समय विताइसकेका छन् । काङ्ग्रेस तनहुँका उपसभापति समेत रहेका र भावी सभापतिकाे रूपमा हेरिएका श्रेष्ठले पालिकामा बिकासकाे काम चाहिँ केकती गरेका छन् त भनेर तनहुँ प्रेस ले केही मुख्य गतिविधिहरू केलाउने प्रयास गरेको छ ।
ऋषिङ गाउपालिकामा हालसम्म भएका बिकासका मुख्य गतिबिधिहरूकाे वर्णन निकै लामो छ । अध्यक्ष श्रेष्ठले गरेको कामलाई लिएर केहीले त ऋषिङ्गे राजा काे समेत संज्ञा दिएका छन् । ऋषिङ ३ नाजुङ गाउँकी अनुस्का थापाले भनिन् – हाम्रो त उहाँ ऋषिङ्गे राजा हाे । उहाँ अध्यक्ष हुनभन्दा पहिला यहाँ बत्ती , पानी , बाटो केही पनि थिएन ,सबै उहाँको नेतृत्वले पूरा गरेको हाे । अध्यारोबाट उज्यालोमा बस्ने , गाडी चढेर हिँड्न पाउने र डाेकाे बाेकेर घण्टाै सम्म पानी बाेक्न हिँड्न पर्ने समस्याबाट मुक्त गराउने उहाँ भएपछि नैँ सम्भव भएकोले पनि हाम्रो राजा त उहाँनै हुनुभयो नी थापाले भनिन् । नाजुङ हाेमस्टेकी अध्यक्ष समेत रहेकी थापाले अध्यक्ष श्रेष्ठले हाेमस्टेकाे क्षेत्रमा समेत राम्रो काम गरेको बताइन् । यस्तै अर्का स्थानीय मानबहादुर आलेले पनि राजेन्द्रकृष्णले गाउँकाे बिकासमा अत्यन्तै लागिपरेर काम गरेको बताउँछन् । हरेक टाेलटाेलमा बाटो पुगेको ऋषिङ्गमा कालाेपत्रेकाे काम पनि धमाधम भइरहेको छ ।
गाउँपालिकाकाे तथ्यांकमा अहिलेसम्म बाटाे कालाेपत्रे ३८ कि.मि.(ढलान सहित) सम्पन्न भइसकेको छ ।जसअनुसार राम्जाकाेट माेटरबाटाे,श्रङ्ग पथ माेटरबाटाे,झापुटार काहु चालिसे माेटर मार्ग,दुवुङ्ग भिरकाेट माेटर मार्ग,ढुङ्गाडे सपाङ्दि रूपटार माेटर मार्ग,कान्छे रजमुल माेटर मार्ग,अर्खलछाप डढिवन माेटर मार्ग रहेका छन् । यस्तै माेटरेवल पुल २ वटा निर्माण मध्ये १ वटा निर्माण सम्पन्न(डाक्रे खाेला पुल वडा न ६) १ वटा निर्माणकाे चरणमा ५० प्रतिसत निर्माण कार्य सम्पन्न(दिउलि खाेला पुल वडा न १ र ३ जाेड्ने) रहेको छ । अध्यक्ष श्रेष्ठले नयाँ ट्याक खन्ने काम ३२ कि मि सम्पन्न गरिसकेका छन् र त्यसको थप सुधार तथा गुणस्तरवृद्धिकाे याेजनामा रहेका छन् ।
बाटो पुल जस्तै ऋषिङ्गमा १ घर १ धारा कार्यक्रम अन्तर्गत ९९ प्रतिशत घरधुरिमा १ घर १ धारा कार्यक्रम सम्पन्न भइसकेको छ , जसका कारण उनी हरेक गाउँमा अध्यक्ष नभइ राजाकाे उपमामा छन् । निकै सुझबुझ र जनताको आवस्यकता हेरेर निष्पक्ष ढंगले गुणस्तरीय काम गर्ने श्रेष्ठले सबै क्षेत्रलाई उत्तिकै प्राथमिकता दिएर काम गर्ने गरेकाे देखिन्छ । उनी अध्यक्ष भएपछि ऋषिङ्गमा १३ वटा झाेलुङ्गे पुल सम्पन्न भएका छन् ।
सबै वडाहरूमा आफ्नै वडा भवन निर्माण सम्पन्न हुनु .ऋषिङ्ग सभाहल २ वटा निर्माण सम्पन्न र सन्चालनमा आउनु अर्को उनको उत्कृष्ट काममा पर्दछ । गड्गडेश्वर मन्दिर ,दुर्गा भवानि मन्दिर, रानिपाेखरी,जस्ता पुरातात्विक मठ मन्दिरकाे विशेष सम्रक्षण तथा मर्मत संम्भार श्रेष्ठको पालामा भएका छन् । छ वटा वडाहरूमा ग्राउन्ड वाटर रिचार्ज र जङ्गलि जनारहरूकाे लागि पाेखरि निर्माण तथा दुई वटा पार्क निर्माण सम्पन्न भएको छ । अत्याधुनिक आफ्नै गाउपालिका भवन निर्माण ,१० शैया अस्पताल निर्माणकाे काम अन्तिम चरणमा करिव ९० प्रतिशत कार्य सम्पन्न भइसकेको छ । यस्तै विभिन्न साना खाेलाहरूमा तटवन्धन निर्माण भएका छन् ।
श्रेष्ठले पर्यटकिय प्रवर्द्धनका लागि वडा न ६ मा ताल निर्माण गर्नका लागि गुरूयाेजना र डि पि आर तयार
साथै २,३,८ नम्वरमा भ्यू टावर निर्माण सम्पन्न भइ सन्चालन समेत गरिसकेका छन् । प्रतक्ष्य रूपमा देखिने ठुला याेजना बाहेक उनलेे व्यक्तिगत सहयोग तथा दैनिक याेगदान दिने काम अनगिन्ती रहेका छन् र त उनलाई अधिकाँश ऋषिङ्गेले ऋषिङ्गे राजाको उपमा दिएका छन् ।

























