तनहुँमा रहेका ६ जना प्रहरी इन्स्पेक्टरकाे सरूवा

तनहुँमा रहेका ६ जना प्रहरी इन्स्पेक्टरकाे सरूवा

नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी)को असोज २८ गतेको निर्णयअनुसार देशभरका ६ सय ६५ निरीक्षकहरूको सरुवा तथा काज सरुवा गरिएको हो। त्यसमध्ये तनहुँका विभिन्न ठाउँमा रहेका ६ जना इन्स्पेक्टरकाे सरूवा भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत प्रहरी निरीक्षक आशिष विश्वकर्माको जिल्ला प्रहरी कार्यालय रुपन्देही मानवस्रोत व्यवस्थापन शाखामा सरुवा भएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक कृष्णबहादुर चन्दको नेपाल प्रहरी प्रधान कार्यालय विशेष व्युरो राजनीतिक अन्वेषण शाखामा सरुवा भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँ मानवस्रोत व्यवस्थापन शाखाका प्रहरी निरीक्षक विकास पासवानको इलाका प्रहरी कार्यालय मिर्ची सिरहामा सरुवा भएको छ ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीको जिल्ला प्रहरी कार्यालय कास्की अपराध नियन्त्रण शाखामा सरूवा भएको छ । इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक दिपक कुंवरको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु सरुवा भएको छ ।

इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक पोषण थापाको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा भर्ना छनोट शाखामा सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान रणनीति तथा कार्ययोजना नक्सालबाट प्रदीप थापा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको प्रमुखमा रुपमा आउने भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page