भाेर्लेटार – लक्ष्मीबजार जाेड्ने झलुङ्गे पुल निर्माण सम्झौता अघि नैँ सक्ने ठेकेदारलाई सम्मान

भाेर्लेटार – लक्ष्मीबजार जाेड्ने झलुङ्गे पुल निर्माण सम्झौता अघि नैँ सक्ने ठेकेदारलाई सम्मान

लमजुङको मध्यनेपाल नगरपालिका स्थित भाेर्लेटार – लक्ष्मीबजार जाेड्ने मिदिम खाेलाकाे झलुङ्गे पुल सम्झौता समय अगाडिनैं सम्पन्न भए पछि स्थानीयले ठेकेदारलाई सम्मान गरेका छन् । २०८१ असारमा सम्झौता भइ २०८२ मंसिर सम्ममा सम्पन्न सम्झौता समय भएपनि निर्माण कम्पनीको सक्रियताले असाेजमै पुल निर्माणकाे काम सकिए पछि लक्ष्मीबजार बासी खुसी भएर ठेकेदार लगायतको टाेलिलाइ सम्मान गरेका हुन् ।३ सय ५० .५ मिटर लामो एन टाईपकाे पुल ३५ मिटर अग्लाे टावर राखी निर्माण भएको छ ।

स्थानीय पुर्वाधार बिकास आयाेजना पाेखराकाे ४ करोड ५० लाख लागतको झलुङ्गे पुल रामकृष्ण साेमरस जेवी बेनी २ म्याग्दीले बनाएको हाे । निर्माण कम्पनीका ठेकेदार प्रदिप सापकोटाका अनुसार सुरु देखिनै काममा निरन्तरताका कारण गुणस्तरीय पुल समय अगाबै सम्पन्न भएको बताए । पुल निर्माण पश्चात् एक/डेण घण्टा लामो बाटो जुन रामबजार हुदै जानपर्ने बाध्यता थियो त्यो हटेर सजिलो भएको छ । एक घण्टा लामो घुम्न पर्ने बाटो अव पाँच मिनेटमा आवतजावत गर्न सकिने भए पछि स्थानीय खुसी भएका छन् । ठेकेदार सापकोटा सहित डि.ई प्राबिधिक ढाकाराम आचार्य र ई. सरोज आचार्य लाई सम्मान तथा पुलमा काम गर्ने कामदार हरुलाइ लक्ष्मी बजार बासिले बिदाई गरेका छन् ।

पुर्व शिक्षक एवम् स्थानीय समाजसेवी रामकृष्ण पाेख्रेल लगायतले पुल निर्माणका लागि सुरु देखि नैँ सहयोग मात्रै हाेइन पहल गरेर सम्बन्धित ठाउँमा बजेटकाे लागि झकझक्याउने काम गरेपछि याे पुल निर्माणका लागि बजेट र बन्ने काम सम्भब भएको हाे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page