दमाैलीमा खाद्यकाे अनुगमन
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँकाे आयाेजनामा व्यास नगरपालिका, स्थित दमौली मुख्य चोक बजारका खाद्य पसल, मार्ट, फलफूल पसल तथा खाजा घरहरुको चाडपर्व लक्षित सघन अनुगमन सम्पन्न भएको छ ।

यस क्रममा स्वास्थ्य रंग नहालेका झिलिंगा पसलमा राख्न प्रेरित गर्ने , तेल घ्यूहरुलाई प्रत्यक्ष घाममा नराख्न, बेकरी सर्टेनिङ्गलाई डेरी घ्यू भनेर विक्री नगर्न, पकाएर खाने कुरामा सिन्टेटिक फूड कलर प्रयोग नगर्न, मूल्य सूची देख्नेगरी राख्न, सडेगलेका फलफूल बिक्री स्थानबाट हटाउन निर्देशन दिइएकाे छ।
उत्पादकको पूरा नाम ठेगाना, अनुमति नम्बर, मूल्य, तौल नराखी हचुवाको भरमा उत्पादन र उपभोग्य मिति राखिएका भाइ मसला पनि बिक्री कक्षबाट हटाउन लगाइएकाे खाद्य प्रमुख ज्याेती आचार्यले जानकारी दिए ।


























