व्यासका वडाध्यक्ष पाेख्रेलकाे अभद्र व्यवहार मुद्दापछि सन्तोष परे पक्राउ

व्यासका वडाध्यक्ष पाेख्रेलकाे अभद्र व्यवहार मुद्दापछि सन्तोष परे पक्राउ


व्यास नगरपालिका वडा नं १० का वडाअध्यक्ष खेमराज पाेख्रेलले जाहेर गरेको अभद्र व्यवहार मुद्दा पछि सन्तोष परियार पक्राउ परेका छन् । पक्राउ परेका सन्तोषले वडा अध्यक्षकाे छाप बनाइ छापकाे दुरुपयोग गरेको भन्ने आराेप लागेको छ । वडाको छाप बनाउन दमाैलीकाे एक पसलमा जाँदा उनलेे म वडा सदस्य इश्वर पाैडेल हाे भनेर छाप बनाउन लगाएका थिए । त्यहीक्रममा अध्यक्ष पाेख्रेलकाे नम्बर पसल सञ्चालकलाइ टिपाउँदा रङ नम्बर दिएका थिए । वडाका प्रायःजसो जनप्रतिनिधि चिनेका पसल सञ्चालकलाइ संका लागि सन्तोषले दिएकाे नम्बरमा फाेन गर्दा फाेन स्याङ्जा पुगेको थियो । त्यही कारणले पनि थप संका उब्जाएको थियो । पछि साेधखाेज गर्दै जाँदा नक्कली छाप बनाएको खुलेको थियो ।
त्यहीँ बिषयमा साेहि वडाका सन्तोषले वडाअध्यक्ष पाेख्रेललाइ तथानाम गाली गर्दै अपशब्दहरू बाेलेका थिए ।
वडाले सबै विषय वस्तुहरू व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्याैपानेलाइ जानकारी गराएपछि छाप बनाएको तर दुरुपयोग गरिनसकेकाे र अध्यक्ष माथि अभद्र शैली अपनाएको ठहर गर्दै अभद्र व्यवहार मुद्दा हालेको श्राेतले बताएको छ । सुरुमा दुबै पक्ष काङ्ग्रेसको भएकोले यसलाई धेरै ठुलो इसु नबनाई मिलाउनुपर्छ भनेर बसेकाे भए पनि समस्याको समाधान हुन नसकेको बताइएको छ । पक्राउ परेका सन्तोष व्यास नगरपालिकाकै कार्यपालिका सदस्यका भाइ हुन् । सबै घटना क्रमहरू यही असाेज १ गते थाहा पाएपछि ३ गते सम्वन्धित व्यक्तिलाई कार्यालय प्रमुख समक्ष बुझाइएको र त्यहीँ उनलेे फर्जी छाप बुझाएको बताइएको छ ।

यससम्बन्धमा जिल्ला प्रहरी कार्यालय तनहुँमा सम्पर्क गर्दा अभद्र व्यवहार मुद्दामा सन्तोष परियारलाई बिगत केही दिनदेखि पक्राउ गरेर राखिएको र थप अनुसन्धान भइरहेको बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page