कारले माेटरसाइकललाइ ठक्कर दिँदा दमाैलीका श्रेष्ठ घाइते
तनहुँकाे ब्यास न.पा. १२ कमलबारी स्थित पृथ्वी राजमार्गमा कारले माेटरसाइकललाइ ठक्कर दिँदा दुई जना घाइते भएका छन् । डुम्रेबाट दमौली तर्फ आउदै गरेको ग २०प ५२२२ नं. को मो.सा.लाई सोही दिशाबाट आउदै गरेको बा ६ च७९९ १ नं. को कारले पछाडीबाट ठक्कर दिई दुर्घटना हुँदा मो.सा.मा सवार दुई जना घाइते भई उपचारको लागी रत्नहरी अस्पताल दमौली पठाइएको प्रहरीले बताएको छ ।

घाइते हुनेमा मो.सा चालक ब्यास ४ बस्ने बर्ष अं.२७ को सुवर्ण श्रेष्ठ दुबै खुट्टा र बाँया हातमा चोट अवस्था सामान्य रहेको र पछाडी सवार ऐ.ऐ. बस्ने बर्ष ४६ की मो.सा. चालककी आमा बर्ष ४६ की कल्पना श्रेष्ठ बाँया हातमा र ढाडमा चोट अवस्था मध्यम रहेको बताइएको छ ।


























