भानुका थापाको मनाङकाे हिमाल आराेहणमा जाँदा लेक लागेर मृत्युु

भानुका थापाको मनाङकाे हिमाल आराेहणमा जाँदा लेक लागेर मृत्युु

तनहुँ भानु नगरपालिका-७, गोर्खालीछाप घर भएका ४४ वार्षीय राम थापा मगरको हिमाली जिल्ला मनाङमा लेक लागेर मृत्यु भएको छ।

काठमाडौंमा लेमन ट्री हाेटलका सन्चालक एवम् पर्यटन ब्यबसायी रहेका थापा ब्रिटिस पर्यटकहरु लिएर मनाङ गएका बताइएको छ । शनिबार मनाङ नार्पाभुमी गाउँपालिका-५, फु गाँउ पुगि फर्कने क्रममा लेक लागी बिरामी परेका उनको मृत्युु भएको हाे ।

जिल्ला प्रहरी कार्यालय मनाङले थापाको शव सोही हेलिकप्टरबाट सदरमुकाम चामे ल्याएको र प्रारम्भिक मुचुल्का तथा अनुसन्धान गरि शव परिक्षणको लागि सोही हेलिकप्टर मार्फत टिचिङ अस्पताल काठमाण्डौ पठाएको मनाङ प्रहरीले जनाएको छ ।
यो सँगै मनाङमा लेक लागेर मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page