छिपछिपेमा भएको भलिबल प्रतियोगिताकाे उपाधि मिलिजुली युवा क्लव बन्दीपुरलाई

तनहुँकाे देबघाट गाउँपालिका वडा नं ३ स्थित छिपछिपे टोल बिकास संस्था द्वारा आयोजित टोल तथा गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिताकाे उपाधि मिलिजुली युवा क्लव बन्दीपुर ६ खहरेले हात पारेको छ ।
स्वस्थ्यको निम्ति खेलकुद, समाज रुपान्तरणको निम्ति खेलकुद भन्ने मुल नाराका साथ भएको प्रतियोगिताकाे फाइनलमा गैंडाकोटकाे ढाेडेनीलाइ पराजित गर्दै मिलिजुली प्रथम भएको हाे । यस्तै प्रतियोगितामा दोस्रो गैंडाकोट ढोडेनी र तेस्रोमा देबघाटकाे जैथुम भएको छ । प्रतियोगितामा प्रथम भएको खहरेले ४४ किलोकाे खसी , दाेस्राे भएको गैडाकाेटले ४२ किलाेकाे खसी र तेस्रो भएको जैथुमले २२ किलाेको खसी प्राप्त गरेको कार्यक्रमका प्रमुख अतिथि सिद्धान्त गर्जा मगरले बताए ।

टाेल बिकास संस्थाका अध्यक्ष माेहन मगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बरिस्ठ समाजसेवी सिद्धान्त गर्जा मगरले
भूगोल सुहाउँदो खेल भलिबलले सम्पुर्ण युवाहरु मात्र नभई खेल प्रेमीहरुलाई एकीकृत गर्ने, बिचार बिमर्श गर्ने, सामाजिक भेटघाट र सामाजिक कार्य, नीति निर्माण र एकताबद्द भइ समाज रुपान्तरणलाई रचनात्मक सहयोगमा कोसेढुंगाको भुमिका खेलेको धारणा राखेका थिए । प्रमुख अतिथि मगरले घुमाउने पुल र बुद्ध सिंह मार्ग पुल नबनेसम्म फाल्गुनमा हुने चुनाव बहिष्कार गर्नुपर्ने भन्दै जेन्जी शैलीमा सामाजिक बहिस्कार गर्ने , नेताहरूलाई भुगाेल प्रवेशमा राेक लगाउने र सबै टाेलटाेलमा जेन्जी युवाहरूबाट नाे भाेट गर्नुपर्ने कुरामा जाेड दिएका थिए ।


























