तनहुँका स्वास्थ्य संस्थाहरू मध्ये छिपछिपे प्रथम , थर्पु द्धितीय र खैरेनीटार तृतीय


तनहुँ जिल्लामा रहेका वडामा अवस्थित स्वास्थ्य संस्थाहरूमा देवघाटकाे छिपछिपे स्वास्थ्य चाैकी प्रथम भएको छ । जिल्लामा रहेका स्वास्थ्य संस्थाहरूवाट प्रदान गरिएका जनस्वास्थ्यका सुचकहरूको मुल्याङकनका आधारमा जिल्लाकाे देवघाट गाउँपालिका वडा नं ३ स्थित छिपछिपे स्वास्थ्य चौकी प्रथम भएको हाे । यस्तै म्याग्दे गाउँपालिका वडा ४ थर्पु आधारभुत अस्पताल दितिय र शुक्लागण्डकी नगरपालिका वडा न ४ खैरेनीटार स्वास्थ्य चौकी तितृय भएका छन ।प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको आयोजनामा भएको जिल्ला स्तरीय बार्षिक समीक्षा कार्यक्रममा प्रथम , द्धितीय र तृतीय हुने स्वास्थ्य चाैकिहरूलाइ सम्मानपत्र प्रदान गरिएको थियो ।

प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला समन्वय समितीका प्रमुख शान्ती रमण वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे । कार्यक्रममा ब्यास नगर प्रमुख बैकुन्ठ न्यौपाने , सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मी , दमौली अस्पतालका मे.सु डा परिवर्तन बराल , जिल्ला आयुर्बेद अस्पताल प्रमुख डा नारायण श्रेष्ठ लगायत तनहुँ जिल्लाका स्वास्थ्य शाखा प्रमुख, आधारभुत अस्पतालका मे सु, सहित बिभिन्न संघ संस्थाका प्रमुखहरूको उपस्थिती रहेको थियो ।


























