सेताेगुराँस हट्ने हल्लाले सराेकारवालामा चिन्ता

सेताेगुराँस हट्ने हल्लाले सराेकारवालामा चिन्ता

सेताेगुराँस बालविकास सेवा तनहुँ हट्ने हल्लामा सराेकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । व्यास २ दमाैली स्थित गणेशमानचाेक नजिकै रहेको सेताेगुराँसलाई त्यहाँबाट हटाइ अन्यत्र सार्ने हल्लाले उनिहरूमा चिन्ता छाएको हाे । हाल सेताेगुराँस रहेकाे ठाउँमा व्यास २ काे वडा कार्यालय बनाउने भनिएको छ । स्थापना कालदेखि निरन्तर रूपमा त्यहीँ चल्दै आएकाे र बालबालिकाकाे क्षेत्रमा अत्यन्तै महत्त्वपूर्ण कामहरू गर्दै आएकाे सेताेगुराँस नैँ किन हटाउनु पर्याे भन्ने उनिहरूकाे भनाइ छ । कम्पाउण्ड सहितको बालमैत्री वातावरणमा अहिले रहेको ठाउँ रहेकोले पनि यहाँबाट हटाउन नहुने सराेकारवालाकाे भनाइ छ ।

केही दिनअघि भएको सेताेगुराँसकाे साधारणसभामा प्रमुख अतिथि बनेका गण्डकी प्रदेशका सांसद अशोककुमार श्रेष्ठले बुवा माेतिकुमार श्रेष्ठको पालामा बनेको सेताेगुराँस उहाँकै छाेरा काशीराम श्रेष्ठ अध्यक्ष हुँदा हट्छ भन्नेमा आँफुलाइ बिस्वास नलागेको बताए । उनलेे सेताेगुराँस पुनर्निर्माणकाे लागि गण्डकी प्रदेश सरकारबाट भर्खरै ५ लाख रूपया सहयोग गरेर सेताेगुराँस अहिले चिटिक्क पारिएको छ । जिर्ण भएको संरचनाको पुनर्निर्माण गरेपछि अहिले भवन चिटिक्क देखिएको हाे । ४० जना भन्दा बढी बिद्यार्थी हाल अध्यन गरिरहेको यश ठाउँलाई अन्यत्र सार्ने विषयले निकै चिन्तित तुल्याएको सेताेगुराँसकी अध्यक्ष सुशीला शर्माले बताइन् । सेताेगुराँस अहिले भएको ठाउँमा अत्यन्तै उपयुक्त भएको उनको भनाइ छ ।दमाैली बजारमा अन्य थुप्रै सार्वजनिक जग्गा रहेको भए पनि यही सेताेगुराँसमा किन आखा लगाउन पर्याे , वडा कार्यालय अर्को सार्वजनिक ठाउँमा बनाएपनी हुने अन्य सहभागीहरूकाे भनाइ छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page