लाेकदाेहाेरी प्रतिष्ठान तनहुँकाे अधिवेशन आज , अध्यक्षमा दुई जनाको प्रतिस्पर्धा हुने

लाेकदाेहाेरी प्रतिष्ठान तनहुँकाे अधिवेशन आज , अध्यक्षमा दुई जनाको प्रतिस्पर्धा हुने


राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान तनहुँकाे अधिवेशन आज सनिवार हुँदैछ । अधिवेशन नजिकिएसँगै अध्यक्षमा दुई जना बिच प्रतिस्पर्धा हुन सक्ने देखिएको छ । हालका बरिस्ठ उपाध्यक्ष विश्व बुढा परियार र काेशाध्यक्ष शुभद्रा श्रेष्ठ अध्यक्षकाे प्रतिस्पर्धामा रहेका छन् ।

वरिष्ठ उपाध्यक्ष विश्व वुढा र काेशाध्यक्ष श्रेष्ठ अध्यक्ष बन्न खुलेर लागेका छन् । बरिस्ठ उपाध्यक्ष बुढाले अबको पालाे आफ्नैँ भएको भन्दै सहयोग गर्न आग्रह गरेका छन् । यस्तै अर्का चर्चामा रहेकी शुभद्रा श्रेष्ठले प्रतिष्ठानलाई नयाँ ढंगले अगाडि बढाउन र यसको गरिमा बढाउन आफु अध्यक्ष बन्न चाहेको बताएकी छन् । लाेकदाेहाेरी प्रतिस्ठानका पदाधिकारी एवम् पुर्व अध्यक्षहरू बसेर सर्वसम्मत नेतृत्व चयनकाे लागि पटकपटक पहल र छलफल भएपनि सहमति जुट्न नसक्दा निर्वाचनमा जान सक्ने बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page