ऋषिङ्गकी सीता थापा दुई महिनादेखि अस्पतालमा अचेत , सहयोगकाे अपिल

तनहुँको ऋषिङ्ग गाउँ पालिका वडा नं १ काेइदिम निवासी सीता माया थापा माेटरसाइकलबाट खस्दा दुई महिनादेखि अचेत अवस्थामा रहेकी छन् । घाइते थापाको जिएमसी अस्पताल पाेखरामा उपचार भइरहे पनि अहिलेसम्म हाेस खुल्न सकेको छैन । उपचारको लागि हाल सम्म २० लाख बढि खर्च भैसकेको घाइतेका श्रीमान् साेमबहादुर थापाले बताए । यसरी सहयोगकाे अपिल गरेका छन्। भदौ २५ गते भादगाउँ बाट छाब्दी तर्फ जाँदै गर्दा अनिश दरैले चलाएको ना २५ प २११७ नम्बरको माेटरसाइकलबाट खस्दा
३२ वर्षीय सीता माया थापा गम्भीर घाइते भएकी थिइन् । उनलाई तत्कालै प्रदेश अस्पताल दमाैलीमा प्रारम्भिक उपचार पश्चात् जिएमसी पाेखरामा रिफर गरिएको थियो ।

थापाको उपचारको लागि अहिलेसम्म २० लाख भन्दा बढी खर्च भइसकेको र माेटरसाइकल वालाले जम्मा १ लाख २० हजार मात्रै दिएको साेमबहादुरले बताए । श्रीमतीलाई बचाउन सक्छुकी भनेर साथी भाइ इश्टमित्र बाट सरसापटी गरेर उपचार गरिरहेको भए पनि अहिले सबै उपाय सकिएको थापाले जानकारी दिए । मलाई अब अस्पतालमा दिने पैसा पनि छैन , कसैले सहयोग गर्दिए हुन्थ्यो उनलेे भने ।


























