सबैभन्दा धेरै ड्रागन फ्रुट बेच्ने अञ्जनालाइ कल्पनाले गरिन् पुरस्कृत

सबैभन्दा धेरै ड्रागन फ्रुट बेच्ने अञ्जनालाइ कल्पनाले गरिन् पुरस्कृत

आँफुले उत्पादन गरेको ड्रागन फ्रुट सबैभन्दा धेरै बिक्री गर्ने एक व्यवसायीलाई व्यास नगरपालिका–२ कालिका मार्ग निवासी कल्पना गौलीले सम्मान एवम् पुरस्कृत गरेकी छन् । व्यास ५ ढोडेनीमा सिउँडी फल (ड्रागन फ्रुट) को व्यवसायिक खेती गरेकी गाैलिले याे वर्ष सबैभन्दा धेरै दुई लाख भन्दा बढिकाे काराेबार गर्ने व्यास ३ फलफूल लाइनकी “दमाैली फलफूल तथा किराना पसल”कि सञ्चालिका अञ्जना काेइरालालाइ सम्मान गरेकी हुन् । माँ अम्बे अलाैकिक कृषि फर्मकाे सञ्चालक गाैलिले टीका , खादा सहित २० किलो भन्दा बढी ड्रागन दिएर काेइरालालाइ सम्मान गरेकी हुन् । पुरस्कृत काेइरालाले माँ अम्बेकाे स्थानीय उत्पादन ड्रागन फ्रुट्स ग्राहकको राेजाइमा परेको कारणले पनि धेरै बिक्री हुने गरेको बताइन् ।

पुरस्कृत एवम् सम्मानित हुन पाउँदा ज्यादै खुसी लागेको र याे अभ्यास फरक र नयाँ भएकोले हामी जस्ता व्यवसायीलाई हाैसला मिलेको उनलेे बताइन् । विसं २०७९ वैशाख १८ गते ‘माँ अम्बे अलौकिक कृषि फार्म’ मा ड्रागनका बिरुवा रोपेर शुरुवात गरेकी गाैलिले गत वर्षमा रु १५ लाखभन्दा बढीको ड्रागन फ्रुट बिक्री गरेकी थिइन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page