घिरिङमा गर्भवती महिलाको लागि अल्ट्रासाउन्ड सेवा

घिरिङ गाउँपालिकाको आयोजनामा गड्याउलिटार सामुदायिक स्वास्थ्य इकाइमा गर्भवती महिलाहरुको लागि ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रम सम्पन्न गरिएको छ।घिरिङ गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष भिम बहादुर कुमालको अध्यक्षता एबम घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो।ग्रामीण भेग भएता पनि स्वास्थ्य सेवा केन्द्रमा पुगेर स्वास्थ्यकर्मीहरुद्धारा ग्रामीण अल्ट्रा साउण्ड गर्ने कार्य भएको र गर्भवती महिलाको गर्भजाँच सहजै भएपछि स्वास्थ्यकर्मीहरु सेवा केन्द्रमा पुगेर अल्ट्रासाउण्ड भिडियो एक्सरे गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी अध्यक्ष थापाले स्वास्थ्य क्षेत्र सुधारको लागि पालिकाले कुनै कसर बाँकी नराख्ने बताए ।कार्यक्रममा प.हे.न. बिष्णु पौडेल ,सेवा प्रदायक अ.न.मि .जानुका श्रेष्ठ ,फुला आधारभुत स्वास्थ्य सेवा केन्द्र प्रमुख प्रबिन श्रेष्ठ गड्यालिटार सामुदायिक स्वास्थ्य इकाईका स्वास्थ्यकर्मिहरुको सहभागिता रहेको थियोे ।कार्यक्रममा १४ जना गर्भवती महिलाको भिडियाे एक्स रे गरिएको प्रमुख रिमालले बताए । घिरिङ स्वास्थ्य चौकीका प्रमुख पृतम थापाले स्वागत गरेको कार्यक्रमकाे संचालन तथा ब्यबस्थापन स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले गरेका थिए । कार्यक्रममा घिरिङ गाउँपालिका– ३ का विष्णु पौडेलले तालिम प्राप्त दक्ष स्वास्थ्यकर्मी सेवा केन्द्रमा पुगेर गर्भवती महिलाको अल्ट्रासाउण्ड गर्ने कार्यले निक्कै सहजता ल्याएको बताईन। यसअघि यस्तो ब्यवस्था नहुँदा गर्भवती महिलाको अन्तिम अवस्थामा मात्र गर्भको अबस्थाका बारेमा जानकारी हुने भएपछि धेरै महिलाले दुःख पाउने अवस्था थियो।


स्वास्थ्य शाखा प्रमुख रिमालले गर्भवतीको गर्भमा रहेको शिशुको अबस्था पत्ता लगाउन र गर्भवती महिलाको सहजताका लागि शाखाले यसलाई अभियानका रुपमा सञ्चालन गरेको बताए ।


























