राप्रपा शुक्लागण्डकीकाे अध्यक्षमा ऋषेश्वर भुवाई ‘ऋतु’ निर्वाचित
राप्रपा शुक्लागण्डकी नगर कार्यसमितिको अध्यक्षमा ऋषेश्वर भुवाई ‘ऋतु’ सर्वसम्मत निर्वाचित भएका छन् । दुलेगौंडामा मंगलबार भएको आम भेलाबाट भुवाईको नेतृत्वमा नयाँ समिति चयन गरिएको हो । समितिकाे बरिष्ठ उपाध्यक्षमा बालाराम पाण्डे, उपाध्यक्षमा पुजा लामा, हरीश चन्द्र महत, सचिवमा उपेन्द्रलाल श्रेष्ठ र सहसचिवमा केशवराज पौडेल चयन भएका छन् ।

यस्तै सदस्यहरुमा नेत्र बहादुर कार्की, मन कुमारी विक, विक्रम खाँड ठकुरी, तुलसी प्रसाद पौडेल, सुर्य पौडेल, जंग बहादुर गोदार, दिननाथ भण्डारी, शरद थापा र पल शाही रहेका छन् । यसअघि राप्रपा गण्डकी प्रदेश अध्यक्ष एवम् प्रदेश सदस्य पञ्चराम गुरुङ, केन्द्रिय प्रवक्ता ज्ञानेन्द्र शाही, प्रशिक्षण विभाग उपप्रमुख खुस्बु ओली लगायतले सम्बोधन गरेका थिए । सोहि अवसरमा विभिन्न पार्टी परित्याग गरि केही व्यक्तिहरू राप्रपामा प्रवेश गरेका थिए ।




























