मगर संघ हङकङको अध्यक्षमा स्याङ्जाका रवीन्द्र र प्रेम , उपाध्यक्षमा तनहुँकी पवित्रा

मगर संघ हङकङको अध्यक्षमा स्याङ्जाका रवीन्द्र र प्रेम , उपाध्यक्षमा तनहुँकी पवित्रा

मगर संघ हङकङको मगर एकता अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट संस्थाकाे कार्यकारी अध्यक्षमा स्याङ्जाका प्रेम थापा मगर र अध्यक्षमा रविन्द्र थापा मगर सर्वसम्मत चयन भएका छन् । यस्तै समितिकाे वरिष्ठ उपाध्यक्षमा निता थापा मगर , उपाध्यक्षमा पवित्रा सारु मगर ( तनहुँ ), महासचिवमा झलक थापा मगर , सचिवमा निर आले मगर , कोषाध्यक्षमा ललिता श्रीस मगर र सह कोषाध्यक्षमा विशाल थापा मगर चयन भएका छन् ।

यस्तै समितिकाे सदस्यहरूमा शालिग्राम थापा मगर , वसन्त थापा मगर , एकराज थापा मगर , रमेश राना मगर , नविन थापा मगर , जगत थापा मगर , लिलि कुमारी थापा मगर , शक्तमान बुढाथोकी मगर र मिना पुन मगर चयन भएको नवनिर्वाचित उपाध्यक्ष पवित्रा सारू मगरले बताइन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page