आँबुखैरेनीमा बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते , १ काे अबस्था गम्भीर

आँबुखैरेनीमा बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते , १ काे अबस्था गम्भीर


तनहुँकाे आँबुखैरेनी गा.पा. ३ आँबुगाउँ स्थित छिम्केश्वरीबाट आँबुखैरेनी तर्फ आउदै गरेको से १ च ६५१ नं. को जिप दुर्घटना भएको छ । चालकले नियन्त्रण गुमाई सडकमा पल्टन जाँदा भएको दुर्घटनामा सवार ११ जना मध्ये ६ जना घाइते भएका छन् ।


घाइते हुनेमा चितवन ईच्छाकामना गा.पा. २ बस्ने बर्ष २० कि दोमाया गुरुङ , बर्ष २६ को जित बहादुर गुरुङ ,बर्ष १६ की भावना गुरुङ , बर्ष २५ को अचित गुरुङ र कालिका न.पा. ८ बस्ने बर्ष ३४ की सरस्वती गुरूङ रहेका छन् । यस्तै दुर्घटनामा ईच्छाकामना गा.पा. ५ बस्ने बर्ष ३१ को पुष्पलाल श्रेष्ठ टाउकोमा चोट अवस्था बोल्न नसक्ने सिरियस रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा चालक सहित अन्य ५ जना सकुसल रहेको जनाइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page