आँबुखैरेनीमा भएको बोलेरो जिप दुर्घटनामा एकजनाको मृत्युु ,६ जना घाइते
तनहुँकाे आँबुखैरेनी गा.पा. ३ आँबुगाउँ स्थित छिम्केश्वरीबाट आँबुखैरेनी तर्फ आउदै गरेको से १ च ६५१ नं. को जिप दुर्घटना हुँदा ईच्छाकामना गा.पा. ५ बस्ने बर्ष ३१ को पुष्पलाल श्रेष्ठकाे मृत्यु भएको छ । टाउकोमा चोट लागेर बोल्न नसक्ने अवस्थामा सिरियस रहेका उनको उपचारको क्रममा मृत्यु भएको हाे ।

चालकले नियन्त्रण गुमाई सडकमा पल्टन जाँदा भएको दुर्घटनामा सवार ११ जना मध्ये ६ जना घाइते भएकोमा श्रेष्ठको मृत्युु भएको हाे ।
दुर्घटनामा घाइते हुनेमा चितवन ईच्छाकामना गा.पा. २ बस्ने बर्ष २० कि दोमाया गुरुङ , बर्ष २६ को जित बहादुर गुरुङ ,बर्ष १६ की भावना गुरुङ , बर्ष २५ को अचित गुरुङ र कालिका न.पा. ८ बस्ने बर्ष ३४ की सरस्वती गुरूङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा चालक सहित अन्य ५ जना सकुसल रहेको जनाइएको छ ।


























