पराशर कलेजका बिद्यार्थीकाे सफलता , पुर्ण छात्रवृत्तिमा डाक्टर र ईन्जिनियर पढ्ने !

पराशर कलेजका बिद्यार्थीकाे सफलता , पुर्ण छात्रवृत्तिमा डाक्टर र ईन्जिनियर पढ्ने !

दमौलीको शैक्षिक धरोहरकाे रूपमा रहेको पराशर कलेजका बिद्यार्थीहरू पुर्ण छात्रवृत्तिमा ईन्जिनियर पढ्न पाउने भएका छन् । पराशरबाट बाट उत्पादन भएका बिद्यार्थीले देशका ख्याति प्राप्त संस्थाहरूबाट उत्पादित जनशक्तिसँग प्रतिस्पर्धा गरी आफूलाई अब्बल साबित गर्दै पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएपछि उनिहरूले याे सुविधा पाउने भएका हुन् ।

कलेजका अनुसार यस वर्ष सञ्चालन भएको ईन्जिनियरिङ संस्थान ( IOE) र चिकित्सा शिक्षा आयाेग ( MEC) काे प्रवेश परिक्षामा बिद्यार्थीहरूले असाधारण उपलब्धि हासिल गरेका छन् । पराशरका प्रतिभाशाली बिद्यार्थीहरू मिसन कार्की ( पुर्ण छात्रवृत्ति ) र प्रिनिन कार्की ईन्जिनियरिङमा , रन्जित जाेशी , शबि श्रेष्ठ र रन्जु गदालले ( पुर्ण छात्रवृत्ति )एमबीबीएस र बिएसी नर्सिङकाे सुविधा पाउनेमा रहेको कलेजका सहायक प्राध्यापक मीनबहादुर कार्कीले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page