पर्यटन तथा उद्योग र सामाजिक बिकास कार्यालय मर्ज भएको एकीकृत सेवा कार्यलय तनहुँमा रेग्मी

पर्यटन तथा उद्योग र सामाजिक बिकास कार्यालय मर्ज भएको एकीकृत सेवा कार्यलय तनहुँमा रेग्मी

पर्यटन तथा उद्योग कार्यालय र सामाजिक विकास कार्यालय मर्ज भई बनेको एकीकृत सेवा कार्यालय तनहुँकाे प्रमुखमा इश्वरी प्रसाद रेग्मी हाजिर भएका छन् । गण्डकी प्रदेश सरकारकाे निर्णय अनुसार यहि मंसिर ११ गते देखि विधिवत रुपमा सञ्चालनमा आएकाे एकीकृत सेवा कार्यालयकाे प्रमुखमा रेग्मी हाजिर भएका हुन् । सरूवा भइ आएका रेग्मीलाई कार्यालयका कर्मचारीले स्वागत गरेका थिए । प्रदेश सरकारले यसअघि दुई वटा कार्यालय एकीकृत गर्ने निर्णय गरेअनुसार जिल्लामा रहेका उद्योग तथा पर्यटन विकास कार्यालय र सामाजिक विकास कार्यालयको एकीकृत सेवा सुरु भएको कार्यालयले जनाएको छ ।

दुवै कार्यालयको साविकको नाम परिवर्तन गरी गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, एकीकृत सेवा कार्यालय नामाकरण भएको छ । गण्डकी प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेशअन्तर्गतका सात निर्देशनालय खारेज र केहि निकाय एकीकरण गर्ने निर्णय गरेसँगै तनहुँमा बिहीबारबाट कार्यान्वयन गरेको हो ।

एकीकृत कार्यालय भएसँगै साविकको समाजिक विकास कार्यालयबाट सामाजिक तथा शिक्षा शाखा सञ्चालन गरिएको छ भने साविकको उद्योग तथा पर्यटन कार्यालयबाट योजना तथा प्रशासन र उद्योग तथा पर्यटन सेवा प्रदान गरिएको साविक सामाजिक विकास कार्यालयका प्रमुख बिदुरहरी आचार्यले जानकारी दिए। दुईमध्ये एक स्थानबाट मात्रै सेवा प्रदान गर्न पूर्वाधारको अभाव भएकोले दुई स्थानबाटै सेवा प्रदान गर्नु परेको आचार्यले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page