म्याग्दे गाउँपालिका द्वारा बर्च्याङ र माझीलाङका कृषकलाई काेदाे कुट्ने थ्रेसर र मेसिन हस्तान्तरण

तनहुँकाे म्याग्दे गाउँपालिकाले कृषकहरूलाई काेदाे कुट्ने थ्रेसर र मेसिन सहयोग हस्तान्तरण गरेेकाे छ । गाउँपालिकाकाे आर्थिक सहयोग , उर्जा तथा वातावरण नेपालकाे प्राविधिक सहयोग एवम् साझेदारीमा गाउँपालिकाले दुईवटा कृषक समुहलाइ थ्रेसर , तथा काेदाे पिस्ने मेसिन सहयोग गरेको हाे ।

सहयोग पाउनेहरूमा म्याग्दे ७ माझीलाङमा रहेको माझीलाङ कृषक समुह र वडा नं १ काे बर्च्याङ कृषक समूह रहेका छन् । उक्त समुहलाइ एक कार्यक्रमका बिच म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे लगायतले मेसिन हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा म्याग्दे गाउँपालिकाका प्रवक्ता एवम् वडा नं १ का अध्यक्ष मणिभद्र वाग्ले , वडा नं ७ का अध्यक्ष बसन्त कुमार श्रेष्ठ , ग्रामीण तथा उर्जा अध्यक्ष कृष्णचन्द्र सुवेदी , सम्पदा नेपालका अध्यक्ष हरिसिंह गुरूङ , बद्री कार्की लगायतकाे सहभागीता रहेको थियो । कृषकहरूले उक्त मेसिनरी सामाग्री पाउँदा खुसी भएका छन् ।माझीलाङ्ग कृषि समुहका अध्यक्ष श्याममाया थापा तथा बर्च्याङ कृषि समुहका अध्यक्ष लगायतका कृषकले सहयोगी गाउँपालिकालाई धन्यवाद दिएका छन् । काेदाेकाे व्यवसायीक खेती भएको ठाउँमा हालकाे नयाँ प्रविधि अनुसार कुटानी पिसानीमा सहयोग पुगाेस् भनेर मेसिन सहयोग गरिएको गाउँपालिकाले जनाएको छ ।


























