रास्वपा तनहुँ – काठमाडौं सम्पर्क समितिकाे संयाेजकमा डा. रूपक

रास्वपा तनहुँ – काठमाडौं सम्पर्क समितिकाे संयाेजकमा डा. रूपक


राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ काठमाडौं सम्पर्क समितिकाे संयाेजक चयन गरेको छ । पार्टीले सम्पर्क समितिकाे संयाेजकमा आँबुखैरेनी वडा नं. ३ घर भइ हाल काठमाण्डौ बस्ने पार्टी सदस्य डा.रुपक घिमिरेलाई मनाेनीत गरेको पार्टी संगठन बिभाग प्रमुख अनिल श्रेष्ठले बताए ।


पार्टीको जिल्ला कार्यसमिती तनहुँको भर्चुअल बैठकको निर्णय अनुसार तनहुँ काठमाण्डौं सम्पर्क समिती गठन गर्ने निर्णय भएको र उक्त समितीकाे संयाेजकमा डा घिमिरेलाई मनाेनीत गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिए । डाक्टर घिमिरेलाई जिल्ला कार्यसमिती संग समन्वय र परामर्शमा रही आवश्यक प्रक्रिया अगाडी बढाउनको लागी संयोजकमा मनोनित गरेकाे जनाएको छ ।
पार्टिको विधान, निति, सिद्धान्त तथा विभागको नियमावली तथा कार्यविधि वमोजिम आफ्नो जिम्मेवारी कुशलतापूर्वक घिमिरेले निर्वाह गर्नेमा पार्टीले विश्वास राखेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page