बालिका शिक्षा कार्यक्रमको भिमादमा पालिका स्तरीय संयुक्त अनुगमन भ्रमण सम्पन्न

बालिका शिक्षा कार्यक्रमको भिमादमा पालिका स्तरीय संयुक्त अनुगमन भ्रमण सम्पन्न

रूम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग तथा सूर्योदय क्लब स्याङ्जाको व्यवस्थापनमा भिमाद नगरपालिका–६ स्थित जनज्योति माध्यमिक विद्यालयसहित चारवटा विद्यालयमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा लैङ्गिक समानता कार्यक्रम प्रभावकारी बन्दै गएको छ। सोही कार्यक्रम अन्तर्गत मिति २०८२ मंसिर ११ गते, बिहीबार, भिमाद नगरपालिकाको पहलमा जनज्योति माध्यमिक विद्यालयमा अनुगमन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

कार्यक्रम अन्तर्गत “विद्यालयमा दौतरी दबाबको प्रतिरोध गर्ने” विषयमा सत्रको सहजीकरण वरिष्ठ सामाजिक परिचालक सुनीता देवी श्रेष्ठले गर्नुभएको थियो।

कार्यक्रममा भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदी, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन, नगर प्रवक्ता तथा वडा नं. ३ का वडाध्यक्ष पदमराज सेन ठकुरी, वडा नं. ६ का वडाध्यक्ष श्यामसुन्दर जोशी, वडा नं. ५ का वडाध्यक्ष पदमबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दयानिधि पौडेल, प्रशासकीय अधिकृत भेषबहादुर जि.सी., योजना शाखा प्रमुख टेकावती ढकाल, शिक्षा स्रोत व्यक्ति केशवराज वाग्ले, प्रधानाध्यापक गणेश सुवेदी, फोकल शिक्षक बिन्दु थापा, नगर बालमञ्च उपाध्यक्ष रेजिना थापा, शिक्षक अभिभावक संघ सदस्य संगीता विक, सहायक शिक्षा अधिकृत दिपा पोखरेल, मनोसामाजिक परामर्शकर्ता कविता थापा, रूम टु रिडका कार्यक्रम अधिकृत नित्यानन्द पाण्डे, सूर्योदय क्लबका कार्यक्रम प्रबन्धक द्रोणाचार्य तिमिल्सिना, अधिकृतहरू लक्ष्मी नेपाल, कलावती बिमली, रेशमलाल श्रेष्ठ, सहायक प्रधानाध्यापक सुरज लम्साल, कविता पौडेल तथा सामाजिक परिचालक अनिता भण्डारीलगायतको उपस्थिति रहेको थियो।

अवलोकन सत्रमा जनज्योति माध्यमिक विद्यालयमा बालिका शिक्षा कार्यक्रमअन्तर्गत सहभागी कक्षा ८ का १६ जना बालिका, नगरपालिकाका प्रतिनिधि, रूम टु रिड तथा सूर्योदय क्लबका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरूबीच अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा सहभागी बालिकाहरूले जीवन उपयोगी सीप सत्रका कारण आफूहरूमा व्यावहारिक परिवर्तन आएको तथा अध्ययनलाई व्यवस्थित बनाउनेतर्फ योगदान पुगेको बताएका थिए।

सत्रमा जीवन उपयोगी सीप, सकारात्मक–नकारात्मक दबाब, दबाब प्रतिरोधका तरिका, भावनात्मक व्यवस्थापन, रिस नियन्त्रण लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो।

अनुगमनपछि पालिका–स्तरीय परियोजना सल्लाहकार समितिको बैठक बसेर अन्तरक्रिया गरियो। सहभागी प्रतिनिधिहरूले बालिका शिक्षा कार्यक्रम प्रभावकारी, सरल, सहज र आकर्षक रहेको बताउँदै सकारात्मक प्रतिक्रिया व्यक्त गरे। सहभागीहरूले उठाएका जिज्ञासाहरू रूम टु रिडका कार्यक्रम अधिकृत नित्यानन्द पाण्डे तथा सूर्योदय क्लबका कार्यक्रम प्रबन्धक द्रोणाचार्य तिमिल्सिनाले स्पष्ट पार्नुभयो।

कार्यक्रमको अन्त्यमा नगर प्रमुख दधिराज सुवेदीले वर्तमान समयमा किशोरीहरूलाई व्यावहारिक तथा समय–सन्दर्भिक परामर्श आवश्यक रहेको र बालिका शिक्षा कार्यक्रम उनीहरूलाई अझ सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। साथै, यस्ता कार्यक्रमहरू शहरमा मात्र सीमित नराखी ग्रामीण तथा दुर्गम क्षेत्रमा समेत विस्तार गरिनुपर्ने धारणा व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page