भानु नगरपालिका नगर कार्यपालिकाको बैठक भानु ७ को वडा कार्यालयमा सम्पन्न

भानु नगरपालिका नगर कार्यपालिकाको बैठक भानु ७ को वडा कार्यालयमा सम्पन्न


भानु नगरपालिका नगर कार्यपालिकाको आ.व.०८२/०८३ को पाँचौ बैठक भानु न.पा.७ को वडा कार्यालयमा सम्पन्न भएको छ । त्यसअघि विहान ७:०० बजे प्रसिद्व थानीमाई मन्दीरको दर्शन,श्रद्वालू भक्तजनको गुनासो सुनुवाई , भानु स्वास्थ्य शाखाले उपलब्ध गराई रहेको थानीमाई दर्शनार्थीलाई नि:शुल्क प्राथमिक उपचार सेवाको निरीक्षण समेत गरीएको थियो ।

कार्यपालिका बैठकको पहिलो एजेण्डा स्वरूप नगर प्रमुखले भानु ७ मा रहेको प्रसिद्व धार्मिक थानीमाई मंदिरमा बढ्दाे श्रद्वालू भक्तजनहरू र विभिन्न पहूँच मार्गहरूको स्तरोन्नति हून नसक्दा स्थानीय र श्रद्वालु भक्तजनहरूले सास्ती भोग्नू परेको अवस्था र प्रदेश र संघ सरकारले गरिएको प्रतिवद्वता समयमा पूरा हून नसकेको अवस्था प्रति नगर प्रमुख र सिंगों कार्यपालिकाले प्रदेश र संघ सरकारका सम्बधित मन्त्रालयमा ध्यानाकर्षण सहित आवश्यक बजेट विनियोजनको लागि विशेष पहल गर्ने निर्णय गरीएको छ ।
साथै आजको बैठकमा आर्थिक सहयोग सम्बन्धी कार्यविधि बारे समेत छलफल गरीएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page