तनहुँमा नेपाली कांग्रेसको एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न

तनहुँमा नेपाली कांग्रेसको एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न


तनहुँ । नेपाली कांग्रेस तनहुँ प्रशिक्षण शाखाको आयोजनामा म्याग्दे गाउँपालिका–३ स्थित गणेश आमा समूह भवन, बेलटारमा एकदिने प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
पार्टी संगठन सुदृढीकरण, कार्यकर्ताको क्षमता विकास तथा राजनीतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विभिन्न समसामयिक र व्यवहारिक विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा पार्टी सभापति तथा प्रमुख अतिथि स्वयं प्रशिक्षण सत्रका क्रममा मंचमुनि बसेर सहभागिता जनाउनु भएको दृश्यले कार्यक्रमलाई थप प्रभावकारी बनाएको सहभागीहरूले बताएका छन्।

प्रशिक्षण सत्रहरू कार्यकर्तामैत्री, समयसापेक्ष र व्यवहारिक रहेको भन्दै सहभागीहरू उत्साहित देखिएका थिए। प्रशिक्षणले पार्टीप्रतिको प्रतिबद्धता, संगठनप्रतिको जिम्मेवारीबोध तथा नेतृत्व क्षमतामा सकारात्मक प्रभाव पारेको निष्कर्ष निकालिएको छ।
कार्यक्रमको समापनमा आयोजक पक्षले प्रशिक्षक, वक्ता, प्रमुख अतिथि, अतिथिगण, स्वयंसेवक तथा सहभागी कार्यकर्ताप्रति धन्यवाद व्यक्त गर्दै यस्ता प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको नेपाली काङ्ग्रेस म्याग्देका सभापति रामभक्त घिमिरेले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page