पुर्व सभापति न्याैपानेले आचार्यलाइ तपाईं हाे सभापति भनेपछि कांग्रेस तनहुँमा नयाँ तरङ्ग
कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा सभापतिका प्रत्यासी मध्येका एक लक्ष्मी आचार्य र पार्टीका निवर्तमान सभापति बैकुण्ठ न्योपानेबीच दमोलीस्थित एक चिया पसलमा भएको कुराकानीले राजनीतिक वृत्तमा नयाँ तरङ्ग ल्याएको छ।
सो कुराकानीका क्रममा निवर्तमान सभापति न्योपानेले पार्टीका अन्य करिब दुई दर्जन नेताहरूको उपस्थितिमै लक्ष्मी आचार्यतर्फ संकेत गर्दै “तपाईं नै सभापति हो,अगाडि बढ्नुस् भनी सार्वजनिक रूपमा अभिव्यक्ति दिएको बताइएको छ। साधारण चिया पसलमा भएको यस अनौपचारिक भेट तर औपचारिक समर्थन घोषणाले कांग्रेसभित्रको शक्ति सन्तुलनमा प्रभाव पार्ने विश्लेषकहरूको भनाइ छ। न्याैपानेले आँफु नउठ्ने भएपछि मेरो तपाईं नै हाे सभापती भन्ने आशय दिएका थिए ।

यस घटनापछि पार्टीभित्र विभिन्न प्रतिक्रिया आउन थालेका छन्। आचार्य पक्षले यसलाई नेतृत्वप्रति विश्वास र एकताको संकेतका रूपमा लिएको छ भने केही नेताहरूले महाधिवेशनअघि यस प्रकारको समर्थन घोषणाले आन्तरिक प्रतिस्पर्धालाई थप चर्काउन सक्ने टिप्पणी गरेका छन्।
महाधिवेशनको मिति नजिकिँदै जाँदा कांग्रेसभित्र उम्मेदवारहरूबीचको भेटघाट, समर्थन र गठबन्धनका गतिविधि तीव्र बन्दै गएका छन्। न्योपानेको सार्वजनिक तर अनाैपचारिक समर्थनपछि सभापति पदको प्रतिस्पर्धा अझ रोचक बन्ने अपेक्षा गरिएको छ।

यद्यपि साेही चिया पसलमा रहेका एक नेताले अहिले सबै कुरा भन्न हतार हुने प्रतिक्रिया दिएका छन् । निवर्तमान सभापति न्याैपाने धेरै रणनीति र कुटनिती बुन्न सक्ने नेता भएकोले कुन अर्थमा उक्त अभिव्यक्ति सार्वजनिक गरे बुझ्न नसकेको उनलेे बताए । न्याैपानेले पुर्व मन्त्री डाेबाटे विक , पार्टीका नगर सभापति सुर्यचन्द्र हड्खले , रामकृष्ण विक लगायत शिक्षक नेताहरूको अगाडि उक्त धारणा व्यक्त गरेका थिए । यस सम्बन्धमा नेता आचार्यसँग सम्पर्क गर्दा चिया पसलमा भेटघाट भएर केही कुराकानी भएको छाेटाे प्रतिक्रिया दिए । नेता आचार्यले सभापति बन्नकाे लागि माहोल बनाउन र धारणा बुझ्न काठमाडौं पुगेर राष्ट्रपति रामचन्द्र पाैडेललाइ भेटेर आएकाे समेत काङ्ग्रेस वृत्तमा चर्चा चलेको छ ।

























