सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल द्वारा तनहुँ जिल्ला अदालतको निरीक्षण

सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल द्वारा तनहुँ जिल्ला अदालतको निरीक्षण

सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानलेगत भदौ २३ र २४ गते जेन्जी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त भएको तनहुँ जिल्ला अदालतको निरीक्षण गरेकी छन् । अदालतकाे निरिक्षण गर्दै न्यायाधीश प्रधानले अदालतको दैनिक कामकाज नरोकी जनताको सेवा प्रवाहलाई प्राथमिकतामा राख्नु नै अदालतको प्रमुख दायित्व रहेको बताइन् ।
तनहुँ जिल्ला अदालतका जिल्ला न्यायाधीश विष्णुप्रसाद उपाध्याय, न्यायाधीश राजेशकुमार कटुवाल र न्यायाधीश शम्भूप्रसाद बरालले अदालतको समग्र अवस्थाबारे जानकारी गराएका थिए। श्रेस्तेदार नन्दप्रसाद आचार्यका अनुसार अदालतका भौतिक संरचना, अभिलेख तथा प्रशासनिक व्यवस्थापनमा देखिएका समस्या न्यायाधीश प्रधानसमक्ष प्रस्तुत गरिएको थियो।
आगलागीका कारण अदालतका महत्वपूर्ण अभिलेख, विशेषगरी जिन्सीसम्बन्धी कागजात जलेर नष्ट भएको उक्त अवसरमा जानकारी दिइएको थियो । बेन्चबाट निर्णय भइसकेका मुद्दाहरू मिसिल प्राप्तिको निर्देशिकाअनुसार अघि बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ।
हाल अदालतमा दर्ता भएका करिब ९ सय मुद्दामध्ये करिब ४ सय मुद्दा फर्छ्यौट भइसकेको तथ्यांक प्रस्तुत गरिएको छ। आगलागीमा नगद २१ हजार रुपैयाँ जलेको, साथै कार्यालय कक्ष र इजलासको अभावका कारण कामकाजमा अझै असहजता रहेको अदालत प्रशासनले जनाएको छ।
निरीक्षणपछि निर्देशन दिँदै न्यायाधीश प्रधानले राष्ट्र र आम नागरिकको हित सर्वोपरि भएको उल्लेख गर्दै कुनै पनि बहानामा न्याय सम्पादनको प्रक्रिया अवरुद्ध हुन नहुने स्पष्ट पारिन्। सीमित स्रोत र कठिन परिस्थितिमा पनि सेवाप्रवाहमा समर्पित रहन उनले अदालत प्रशासनलाई आग्रह गरिन्।

निरीक्षण कार्यक्रममा वरिष्ठ अधिवक्ता कमला मोहन वाग्ले, तनहुँ बार एसोसिएसनकी अध्यक्ष सरिता भण्डारी लगायत अन्य कर्मचारीको उपस्थिति रहेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page