टक्रेली फाउन्डेसनद्वारा मदर्सा प्रा.वि.का ४२ विद्यार्थीलाई न्यानो जुत्ता–मोजा वितरण

टक्रेली फाउन्डेसनद्वारा मदर्सा प्रा.वि.का ४२ विद्यार्थीलाई न्यानो जुत्ता–मोजा वितरण

टक्रेली
दमौली, तनहुँ ।
साबिक सतिस्वारा–५, हाल भानु नगरपालिका–१३ बन्कटा, तनहुँबाट देश तथा विदेशमा फैलिँदै आएको २०० वर्ष पुरानो लिखित इतिहास बोकेको टक्रेली खान्दानको नाममा स्थापित TAKRELI FOUNDATION (टक्रेली फाउन्डेसन) ले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थी लक्षित सहयोग कार्यक्रम सम्पन्न गरेको छ।
फाउन्डेसनले आज मिति २०८२ साल पौष २२ गते मङ्गलबार, व्यास नगरपालिका–४ दमौलीस्थित मदर्सा प्राथमिक विद्यालयमा अध्ययनरत ४२ जना विद्यार्थीहरूलाई आवश्यकताअनुसार न्यानो जुत्ता तथा मोजा वितरण गरेको हो।
चिसो मौसमका कारण विद्यार्थीहरूको स्वास्थ्य र पठनपाठनमा असर नपरोस् भन्ने उद्देश्यले उक्त सहयोग कार्यक्रम सञ्चालन गरिएको फाउन्डेसनले जनाएको छ। आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई लक्षित गर्दै गरिएको यस कार्यले विद्यार्थी, अभिभावक तथा विद्यालय प्रशासनलाई राहत मिलेको छ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूले टक्रेली फाउन्डेसनप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक कार्यले विद्यार्थीहरूको आत्मबल बढ्नुका साथै नियमित अध्ययनमा समेत सकारात्मक प्रभाव पर्ने बताए।
फाउन्डेसनका प्रतिनिधिहरूले समाजप्रतिको दायित्व सम्झँदै आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


स्थानीय स्तरबाट सुरु गरिएको यस प्रकारको सहयोगले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सामाजिक एकता र सहकार्यलाई मजबुत बनाउने विश्वास लिइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page