रास्वपा व्यास ३ काे वडा सभापतिमा रामबहादुर
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) व्यास नगरपालिका–३ को वडा सभापतिमा रामबहादुर गुइदेल सर्वसम्मत रूपमा चयन भएका छन्। मंगलबार सम्पन्न वडाअधिवेशनले गुइदेललाई सभापतिमा सर्वसम्मत निर्वाचित गरेको हो।
अधिवेशनबाट उपसभापतिमा सुनित शर्मा पराजुली, सचिवमा किस्मत कुमार श्रेष्ठ चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा जोहर दिन मिया, रामकुमार श्रेष्ठ, बिर्खबहादुर नेपाली र अमृत कुमार श्रेष्ठ चयन भएका छन्।

कार्यक्रममा रास्वपा जिल्ला सभापति विश्व बास्तोला, व्यास नगर सभापति चूडामणि दाहाल, क्षेत्रीय सभापति बिष्णुबहादुर पन्त, म्याग्दे सभापति मनोज अधिकारी लगायतको उपस्थिति रहेको थियो।


























