दमौली बजार इकाईको नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा , अन्यमा काे काे !

दमौली बजार इकाईको नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा , अन्यमा काे काे !


सभापतिमा श्रेष्ठद्वय र दाहालको उम्मेदवारी
दमौली, पुस २२
तनहुँ उद्योग वाणिज्य संघ अन्तर्गतको दमौली बजार इकाईको नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। आगामी कार्यकालका लागि सम्पन्न मनोनयन दर्तामा सभापति पदका लागि तीन जनाको उम्मेदवारी परेपछि प्रतिस्पर्धा रोचक हुने देखिएको हो।
सभापति पदमा हालका कार्यवाहक सभापति शेषराज श्रेष्ठ, वर्तमान सचिव अञ्जु दाहाल तथा अघिल्लो कार्यकालका प्रत्यासी बिन्दुकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन समितिले जनाएको छ।
अन्य पदहरूमा पनि उत्साहजनक प्रतिस्पर्धा देखिएको छ। उपसभापति पदका लागि इन्द्रलाल श्रेष्ठ, नारायण मल्ल र ठाकुरप्रसाद पौडेल चुनावी मैदानमा उत्रिनुभएको छ भने कोषाध्यक्ष पदमा युवराज भण्डारी र राजेन मियाबीच प्रतिस्पर्धा हुने भएको छ।
यसैगरी जिल्ला प्रतिनिधिमा भरतकुमार श्रेष्ठ, ब्रजेश साह, किनकुमार श्रेष्ठ, रमेशकुमार श्रेष्ठ र मोहम्मद सलिम मिया चयन हुनुभएको छ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले अधिवेशनको उद्घाटन गर्नुभएको कार्यक्रममा दमौली बजार इकाईका पूर्व सभापतिहरूलाई उनीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले व्यावसायिक हकहितको संरक्षण तथा बजारको व्यवस्थित विकासका लागि सक्षम र दूरदर्शी नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो।

अधिवेशनमा सहभागी व्यवसायीहरूले यसपटकको निर्वाचन र नयाँ नेतृत्वले स्थानीय व्यापारिक समुदायबीच एकता, सहकार्य र स्पष्ट भावी योजनासहित अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page