तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको सभापतिमा संगीता प्रधान निर्वाचित

तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको ३०औँ साधारण सभा तथा १३औँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले बन्दीपुरकी संगीता प्रधानलाई निर्विरोध सभापतिमा चयन गरेको छ।
यस्तै अधिवेशनले उपसभापतिमा बिमला श्रेष्ठ, सचिवमा कल्पना भट्टराई, कोषाध्यक्षमा मिना वलिया, सहसचिवमा लिला श्रेष्ठ र सहकोषाध्यक्षमा मुन्नी खातुन चयन भएका छन्। सदस्यहरूमा सपना श्रेष्ठ, मञ्जु पिया, रोशनी पिया ताम्राकार रहेका छन्।

महिला उद्यमी सभापति राेशनी पियाकाे सभापतित्वमा भएको कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्र प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा महिला उद्यमीहरूको सशक्तीकरण, व्यवसायिक विकास र आगामी योजना बारे छलफल गरिएको थियो।




























