तनहुँ–२ मा रास्वपाबाट उम्मेदवारी दिने युवा नेता संकर पन्तको आकांक्षा
तनहुँ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिने आकांक्षा राखेका युवा संकर पन्त पछिल्लो समय जिल्लाको राजनीतिक वृत्तमा चर्चामा छन्। विगत १३ वर्षदेखि गीत–संगीत क्षेत्रमा सक्रिय रहेका पन्त गीतकार, संगीतकार, गायक तथा मोडलका रूपमा परिचित छन्।
कलामार्फत समाजका यथार्थ र आवाज उजागर गर्दै आएका पन्त सामाजिक अभियन्ता का रूपमा पनि स्थापित छन्। विभिन्न सामाजिक अभियान, जनचेतनामूलक कार्यक्रम र युवासँग जोडिएका गतिविधिमा उनको सक्रिय सहभागिता रहँदै आएको छ।
प्रखर वक्ता र कुशल कार्यक्रम प्रस्तोता का रूपमा पहिचान बनाएका पन्त सार्वजनिक मञ्चमा स्पष्ट, निर्भीक र तथ्यपरक अभिव्यक्ति राख्ने क्षमताका कारण युवापुस्तामाझ लोकप्रिय मानिन्छन्। राजनीतिक संस्कार र प्रणालीप्रति राम्रो बुझाइ राख्ने उनी जिम्मेवार र मूल्य–आधारित राजनीतिमा विश्वास गर्छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीमा उनी पहिलेदेखि नै सक्रिय रहँदै आएका छन्। हाल उनी रास्वपाको गण्डकी प्रदेश प्रवक्ता को जिम्मेवारीमा रहेर पार्टीका विचार, नीति र एजेन्डालाई प्रभावकारी रूपमा जनतामाझ पुर्याउने काम गरिरहेका छन्।
राजनीतिलाई पद होइन, सेवाको माध्यम ठान्ने संकर पन्त तनहुँ–२ का जनताको आवाज संसदसम्म पुर्याउने संकल्पसहित उम्मेदवारी दिने तयारीमा छन्। सुशासन, पारदर्शिता, युवाको प्रतिनिधित्व र जवाफदेही राजनीतिक प्रणाली उनको प्रमुख एजेन्डा रहेको उनी बताउँछन्।
“अबको राजनीतिमा इमानदार नेतृत्व र नयाँ सोच आवश्यक छ,” पन्त भन्छन्, “तनहुँ–२ बाट त्यसको सुरुवात गर्न चाहन्छु।”

कलात्मक पृष्ठभूमि, सामाजिक सक्रियता र स्पष्ट राजनीतिक दृष्टिकोणका कारण युवा संकर पन्त तनहुँ–२ मा रास्वपाका सम्भावनाशील र आकर्षक उम्मेदवार का रूपमा हेरिन थालेका छन्।

























