नेपाल प्रहरीका १० एसपीलाई एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका १० एसपीलाई एसएसपीमा बढुवा सिफारिस


काठमाडौं । नेपाल प्रहरीमा कार्यरत १० जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ।
गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार नेपाल प्रहरीमा रिक्त रहेको १० वटा एसएसपी पदका लागि बढुवा सिफारिस गरिएको हो। बढुवा समिति बैठकको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) बमोजिम सिफारिस सूची प्रकाशित गरिएको गृह मन्त्रालयले जनाएको छ।
बढुवाका लागि सिफारिस हुने प्रहरी उपरीक्षकहरूमा रामप्रसाद थापा, भुवनेश्वर तिवारी, कृष्ण राम केडेल, सुरेशप्रसाद काफ्ले, श्याम सिंह चौधरी, नुरुल पोडेल, विलिप घिमिरे, पदमबहादुर बिष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र बोहरा रहेका छन्।
सिफारिसमा परेका अधिकृतहरू हाल नेपाल प्रहरीका विशेष सुरक्षा गण महाराजगञ्ज, केन्द्रीय अनुसन्धान ब्युरो (CIB), प्रहरी प्रधान कार्यालयका विभिन्न शाखा, विमानस्थल सुरक्षा कार्यालय तथा जिल्ला प्रहरी कार्यालयलगायतका महत्वपूर्ण निकायमा कार्यरत रहेका छन्।


सूचनाअनुसार बढुवा सिफारिस उपर कुनै गुनासो वा उजुरी भए तोकिएको समयभित्र सम्बन्धित निकायमा पेश गर्न सकिने व्यवस्था गरिएको छ। उक्त सिफारिस सूची बढुवा समितिका सदस्य–सचिव तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीद्वारा प्रमाणित गरिएको हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page