नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशको अध्यक्षमा खनाल

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशको अध्यक्षमा खनाल


दमौली, पुस २६ गते
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशको अध्यक्षमा प्रदीप खनाल चयन हुनुभएको छ। शनिबार दमौलीमा सम्पन्न सातौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले खनालको अध्यक्षतामा आगामी दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा ठाकुरप्रसाद शर्मा र उपाध्यक्षमा रामचन्द्र सापकोटालाई निर्वाचित गरेको छ। त्यसैगरी महासंघको सचिवमा सुरेन्द्र बास्तोला, कोषाध्यक्षमा भागवत अर्याल र सह–सचिवमा रमेश पौडेल चयन हुनुभएको छ। संस्थाको आर्थिक पारदर्शिताका लागि लेखा समिति संयोजकमा चुडामणि लुइटेल निर्वाचित हुनुभएको छ।
कार्यसमिति सदस्यहरूमा प्रतापसिंह अधिकारी, किशोर सापकोटा, टिकाराम अधिकारी, गोविन्द अधिकारी, रूपबहादुर के.सी., नवराज पौडेल, मिनबहादुर थापा, सुष्मा श्रेष्ठ, सुरेन्द्र पौडेल, शान्ति पाण्डे, रामप्रसाद भट्टराई, दामोदर मिश्र, रामप्रसाद भुसाल र रमेशप्रसाद भुर्तेल चयन हुनुभएको संचारकर्मी प्रतापसिंह अधिकारीले जानकारी दिनुभएको छ।


कार्यक्रममा पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य र व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने लगायतले सम्बोधन गर्नुभएको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page