एघारौं छपेली कप खुल्ला 7-ए-साइड फुटबल प्रतियोगिता सुरु

एघारौं छपेली कप खुल्ला 7-ए-साइड फुटबल प्रतियोगिता सुरु


बन्दिपुर, पुस २६ – एघारौं छपेली कप खुल्ला 7-ए-साइड नकआउट फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ। उद्घाटन खेलमा आयोजक छपेली बी लाई हराउँदै लमजुङको मिनाम लाङघाली क्लब दोस्रो चरणमा प्रवेश गरेको छ।
नियमित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल ट्राइबेकरमा पुगेको थियो। ट्राइबेकरमा मिनाम लाङघाली क्लबले ११–१० गोल गर्दै विजयी भएको हो। खेलको म्यान अफ द म्याच मिनामका सन्दिप आले मगर घोषित भए।
प्रतियोगिता छपेली सांस्कृतिक युवा क्लब (बन्दिपुर–१, छाप) द्वारा आयोजित छ। उद्घाटन समारोहमा उपाध्यक्ष पञ्चमाया गुरुङले खेल क्षेत्रको विकासमा प्राथमिकता दिइरहेको बताए भने खेलाडीलाई अनुशासित र सहकार्यपूर्ण खेल खेल्न प्रेरित गरिन। संस्थापक अध्यक्ष पूर्णसिंह थापाले क्लबले सामाजिक गतिविधि समेत गर्दै आएको जानकारी दिनुभयो।


प्रतियोगितामा प्रथम पुरस्कार रु. १,३३,१३३ र द्वितीय पुरस्कार रु. ६६,१६६ राखिएको छ। उत्कृष्ट खेलाडी, धेरै गोल गर्ने खेलाडी र म्यान अफ द म्याचलाई विशेष पुरस्कार, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ।
प्रतियोगिताको फाइनल खेल माघ १ गते हुने आयोजकले जानकारी दिएका छन्। यसमा १८ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा बन्दिपुर गाउँपालिका मुख्य प्रायोजक र मनास्लु स्कूल सह–प्रायोजक रहेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page