दमौलीमा रक हेड्स ब्यान्डको लाइभ कन्सर्ट भब्य रूपमा सम्पन्न , दर्शकको उत्साहपूर्ण सहभागिता
तनहुँको दमौलीमा माघ २ गते शुक्रबार छैटौँ आदिवासी जनजाति तनहुँ सांस्कृतिक तथा पर्यटन महोत्सवको अवसरमा चर्चित रक हेड्स ब्यान्डको लाइभ कन्सर्ट भव्य रूपमा सम्पन्न भएको छ।
दमौलीमै पहिलोपटक आयोजना गरिएको यस लाइभ कन्सर्टमा सयौँ संगीतप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। दर्शकहरू ब्यान्डको प्रस्तुतीमा झुम्दै उत्साहपूर्वक मनोरञ्जन लिएका थिए।
कार्यक्रमका आयोजक भिक्टोरिया इन्टरटेन्मेन्ट प्रा.लि. का अध्यक्ष संगम कायस्थले महोत्सव अवधिभर आयोजना गरिएको एउटै मात्र कन्सर्ट भए पनि कार्यक्रम पूर्ण रूपमा सफल र शान्त वातावरणमा सम्पन्न भएको जानकारी दिनुभयो।
, विगतमा दमौलीमा आयोजित केही कन्सर्टहरूमा झैँझगडा र होहल्ला हुने गरे पनि यसपटक आयोजक टिम र सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति तथा सक्रिय भूमिकाका कारण कुनै पनि अप्रिय घटना हुन पाएन।

सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त कन्सर्टले दमौलीको मनोरञ्जन क्षेत्रमा नयाँ आयाम थपेको स्थानीयवासीहरूको प्रतिक्रिया रहेको छ।


























