तनहुँको गाछेपानीका युवा बेलचौतारामा मोटरसाइकलसहित मृत अवस्थामा फेला

तनहुँको गाछेपानीका युवा बेलचौतारामा मोटरसाइकलसहित मृत अवस्थामा फेला


तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानी स्थायी घर भई हाल वडा नं. ५ बेलचौतारामा बस्दै आएका २६ वर्षीय संसार भुजेल मृत अवस्थामा फेला परेका छन्।
प्राप्त जानकारीअनुसार भुजेल मिति २०८२/१०/०१ गते अपराह्न करिब ४ बजे भिमाद नगरपालिका–६ स्थित रंगशालामा भलिबल खेल हेर्न जाने भन्दै ग १३ प ४०४२ नम्बरको बुलेट मोटरसाइकल चलाएर घरबाट निस्किएका थिए। तर उनी घर नफर्किएपछि उनका बुबाले मिति २०८२/१०/०२ गते अपराह्न करिब ३ बजे इलाका प्रहरी कार्यालय बेलचौतारामा हुलिया निवेदन दिएका थिए।
हुलिया निवेदन प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले आफन्तको सहयोगमा खोजतलास गर्ने क्रममा सोही दिन साँझ करिब ६ बजे तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद–बेलचौतारा भित्री सडकखण्डबाट करिब ४०–४५ मिटर तल रुपाकुना खोलाको खोँचमा मोटरसाइकलसहित भुजेलको शव फेला पारेको हो।


शव साँझ करिब ८ बजे घटनास्थलबाट बाहिर निकालेर पोस्टमार्टमका लागि प्रदेश अस्पताल दमौली पठाइएको प्रहरीले जनाएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page