बन्दिपुरका हाेटललाइ हरियो स्टिकर !
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँकाे टाेलीले बन्दिपुरमा रहेका हाेटलहरुकाे स्तरीकरण गरि स्टिकर समेत प्रदान गरिएकाे छ ।
हाेटलहरुकाे वर्गीकरण खाद्य स्वच्छता आधारमा गरिएकाे हाे । मूल्यांकनका आधारमा ५० देखि ५९ अंक प्राप्त गरेकाकाे पहेंलाे स्टिकर र ६० अंक प्राप्त गरेकाकाे हरियाे स्टिकर प्राप्त गरेका हुन् ।
बन्दिपुरमा जम्मा २६ वटा हाेटल तथा रेष्टुरेन्ट मध्ये ९ वटाले मात्रै हरियाे स्टिकरकाे स्तरीकरणमा परेका छन् । क्याफे रेड क्यासल उत्तम (2 green Star) प्राप्त, बन्दिपुर गेष्ट हाउस, श्रेष्ठ होटल एण्ड रेष्टुरेन्ट, द ओल्ड इन बन्दिपुर, बन्दिपुर बैदार क्याफे, कोजी माउण्टेनले मध्यम ( Green one Star) प्राप्त गरेको छ।
होटल तीन धारा, सम्सारा बन्दीपुर रेष्टुरेन्ट, गाउँघर प्रालि : सन्तोषजनक रहि पहेँलो स्टिकर प्राप्त गरेका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमाैली तनहुँका प्रमुख ज्याति आचार्यले जानकारी दिनुभयाे ।
अन्यलाई थप सुधार गर्न समय उपलब्ध गराई अनुसूची ५ को स्टीकर टाँस गरिएको छ ।

उक्त कार्यक्रममा बन्दिपुर गापाका अध्यक्ष सुरेन्द्र थापा, उपाध्यक्ष पञ्चमाया गुरुङ , गुण नियन्त्रण कार्यालयका कर्मचारी , उद्योग वाणिज्य संघ बन्दिपुर ईकाइ, रेवान, हान , टान लगाएत नागरिक अगुवा, सुरक्षाकर्मी लगाएतकाे उपस्थिति रहेकाे थियाे ।


























