बालेन शाह तनहुँ आउने
तनहुँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित पार्टीका वरिष्ठ नेता बालेन शाह तनहुँ आउने भएका छन्। पार्टीले आगामी प्रधानमन्त्रीका रूपमा अगाडि सारेका बालेन शाह देश दौडाहामा रहेका बेला गण्डकी प्रदेशको कार्यक्रम लिएर पोखरा तर्फ जाने क्रममा तनहुँमा विभिन्न कार्यक्रमहरूमा सहभागी हुने बताइएको छ ।
कार्यक्रमअनुसार सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, वरिष्ठ नेता बालेन शाह तथा तनहुँ–२ का उम्मेदवार श्रीराम न्यौपाने दमौली लगायतका स्थानमा उपस्थित हुनेछन्। त्यसपछि लमजुङतर्फ जाने क्रममा डुम्रे–आँबुखैरेनी क्षेत्रमा रास्वपाको कार्यक्रम तथा जनता भेटघाट हुने जनाइएको छ।
यसैबीच पार्टी सभापति तथा अन्य वरिष्ठ नेताहरूको थप आगमनबारे छलफल भएको भए पनि मिति तय हुन बाँकी रहेको रास्वपा तनहुँले जनाएको छ ।

यससम्बन्धमा फाेन सम्पर्कमा पार्टीका जिल्ला संगठन प्रमुख अनिल श्रेष्ठसँग बुझ्दा आउने तय भएको तर गते यकिन हुन बाँकी रहेको बताए । यद्यपि फागुनकाे पहिलो हप्ता तनहुँ आउनेगरी कार्यक्रम तय भइरहेको उक्त पार्टीका नेताहरूले जनाएका छन् ।


























