माघ २४ गते दमौलीमा लायन्स क्लबको बृहत् रक्तदान

माघ २४ गते दमौलीमा लायन्स क्लबको बृहत् रक्तदान


दमौली —माघ २१
लायन्स क्लब अफ तनहुँ दमौलीले आगामी माघ २४ गते शनिबार दमौलीस्थित अनशन चौतारीमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। दमौली तथा आसपासका क्षेत्रमा पछिल्लो समय रगतको अभाव देखिन थालेपछि मानवीय सेवाको उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको क्लबले जनाएको छ।
लायन्स क्लब अफ तनहुँ दमौलीका अध्यक्ष बसन्त जिसीका अनुसार केही दिनअघि तनहुँ प्रेसमा दमौलीमा रगत अभावसम्बन्धी समाचार प्रकाशित भएपछि क्लबले तत्काल रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो। “अस्पतालमा रगतको आवश्यकता बढ्दै गएको अवस्थामा रक्त अभावका कारण कसैको ज्यान जोखिममा नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो,” अध्यक्ष जिसीले बताए।
कार्यक्रममा स्थानीय युवा, विभिन्न संघसंस्था, क्लबका सदस्य तथा सर्वसाधारणलाई सक्रिय रूपमा सहभागी भई रक्तदान गर्न क्लबले आह्वान गरेको छ। रक्तदानले अरूको ज्यान बचाउन सकिने भएकाले स्वस्थ नागरिकले अनिवार्य रूपमा यस मानवीय कार्यमा सहभागिता जनाउनुपर्ने क्लबको विश्वास रहेको छ।

लायन्स क्लबले यसअघि पनि स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ। आगामी रक्तदान कार्यक्रमले दमौली क्षेत्रमा देखिएको रगतको अभाव न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

फाइल फाेटाे

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page