दमौलीमा पहिलो पटक टिभीएस स्मार्ट एक्सचेन्ज मेला आयोजना हुँदै

दमौलीमा पहिलो पटक टिभीएस स्मार्ट एक्सचेन्ज मेला आयोजना हुँदै

दमौली,
दमौलीमा पहिलो पटक टिभीएस स्मार्ट एक्सचेन्ज मेला आयोजना हुने भएको छ। चैत ८ गतेदेखि १३ गतेसम्म व्यास ३ खुल्ला चौर दमौलीमा आयाेजना हुने यस मेलामा पुराना मोटरसाइकल र स्कुटर साटफेर गर्ने उत्कृष्ट अवसर प्रदान गरिने छ।
यस्तै मेलामा सहभागिता जनाउने ग्राहकलाई आकर्षक अफरको व्यवस्था समेत गरिएको कम्पनीले जनाएको छ ।

मेलामा नगद खरिदमा रु ७,००० सम्मको छुट, पुरानो बाइकको मूल्यमा थप रु ८,००० बोनस, १ वर्षको रोड ट्याक्स निःशुल्क र निःशुल्क हेल्मेट उपलब्ध गराइने छ। ग्राहकहरूले पुरानो बाइक ल्याएर नयाँ TVS बाइकसँग घर फर्कन सक्ने एम एस ट्रेडर्स, दमौलीका सञ्चालक सराेज भण्डारीले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page