रास्वपाको ऊर्जा तथा जलस्रोत विभाग बैठक सम्पन्न, नीतिगत पहलमा जोड

रास्वपाको ऊर्जा तथा जलस्रोत विभाग बैठक सम्पन्न, नीतिगत पहलमा जोड


काठमाडौं, चैत १७ — राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गत केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागको बैठक आज पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। बैठक विभागका प्रमुख इन्जिनियर श्रीराम न्यौपानेको अध्यक्षतामा बसेको हो।
बैठकमा विभागका सल्लाहकारहरू देवेन्द्र कार्की र मधु भेटवाल तथा सदस्यहरू अम्बिका झा र सुमनकुमारी जोशी को उपस्थिति रहेको थियो।
बैठकले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ।
त्यस्तै, विभागले पूर्वतयार गरेको ऊर्जा नीतिलाई आधार मानी पार्टीको वाचा पत्रअनुसार संयुक्त ऊर्जा तथा जलस्रोत नीति निर्माणका लागि सक्रिय रूपमा अगाडि बढ्ने निर्णय गरेको जनाएको छ।

यसैगरी, विभागलाई पूर्णता दिन ऊर्जा क्षेत्रमा दक्ष, क्षमतावान तथा इच्छुक व्यक्तिहरूको विवरण संकलन गरी आवश्यक प्रक्रिया अनुसार छनोट गर्ने निर्णय समेत गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page