पृथ्वी राजमार्गकाे कमलबारीमा हाईस दुर्घटना, ९ जना घाइते

पृथ्वी राजमार्गकाे कमलबारीमा हाईस दुर्घटना, ९ जना घाइते

दमौली, चैत १७ — तनहुँको व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वी राजमार्गमा हाईस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार काठमाडौंबाट दमौलीतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ७२०८ नम्बरको हाईस (नेपाल माइक्रो समिती) अनियन्त्रित भई डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएकाहरुलाई उद्धार गरी उपचारका लागि रत्नहरी अस्पताल दमौली र प्रदेश अस्पताल दमौली पठाइएको प्रहरीले जनाएको छ।
प्रदेश अस्पताल दमौलीमा उपचार गरिएका बाग्लुङ गलकोट–१ की ३६ वर्षीया अन्जु क्षेत्री र रुपन्देही तिलोत्तमा–४ का २८ वर्षीय रिकेश भण्डारी सामान्य उपचारपछि साँझ ७ बजे डिस्चार्ज भएका छन्।
यस्तै, रत्नहरी अस्पतालमा उपचार गरिएका व्यास–१ भादगाउँकी २५ वर्षीया स्मारिका थापा, सोही स्थानका २ वर्षीय अर्पन थापा, व्यास–९ का ३५ वर्षीया अमृता कार्की, ११ वर्षीय निश्चल कार्की र ११ वर्षीय कुशल कार्की, स्याङ्जा हरिनास–२ का २५ वर्षीय सहचालक उदिप गुरुङ तथा धादिङ त्रिपुरासुन्दरी–३ की ३५ वर्षीया चमेली सिटौला पाण्डे घाइते भएका छन्।
प्रहरीका अनुसार स्मारिका थापा, निश्चल कार्की, कुशल कार्की र उदिप गुरुङ उपचारपछि डिस्चार्ज भएका छन् भने अर्पन थापा, अमृता कार्की र चमेली सिटौला पाण्डे पोखरास्थित जीएमसी अस्पतालमा उपचाररत रहेका छन्।


दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page